गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भारइस (कोडिभ–१९) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
शिर्ष नेताको चर्को दवावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि दबाब परेको थियो ।
सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठकको माग गर्दै आएका थिए । चैत्र पहिलो सातापछि नेकपाको सचिवालय बैठक बसेको छैन ।


