गोरखा समाचारदाता
काठमाण्डौँ – सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको छ ।
सोमबार सर्वोच्चले केही अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै विदेशबाट फर्किएका सबैलाई क्वारेन्टाइनमा राख्न आदेश गरेको हो ।
सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन बनाउन पनि आदेश दिएको छ ।
राहत वितरणमा पारदर्शी गर्न समेत सर्वोच्चले आदेश दिएको छ । दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुर्याउन आदेश दिएको छ ।
त्यस्तै सर्वोच्चले कोभिड १९ संक्रमितको आकस्मिक लगायतका सबै उपचार गर्न आदेश दिएको हो ।


