प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सब-ईञ्जिनियर मृ त अवस्थामा फेला परेका छन्। सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसीका २७ वर्षीय पूर्ण खड्का मृ त अवस्थामा सोमबार फेला परेका हुन्। गाउँपालिकामा कार्यरत खड्का लकडाउन हुनअघि गाउँपालिकाबाट घर बिदामा गएका थिए। खड्काको श व सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ पिके खोपमा फेला परेको हो।
गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाले घर बिदामा रहेका सब-ईञ्जिनियर खड्का मृ त भेटिएको खबर आएको बताए। ‘उहाँ घर बिदामा जानुभएको थियो। के कारणले मृ त्यु भयो भन्ने खुलेको छैन,’ अध्यक्ष दोर्जीले भने। खड्का शनिबारदेखि सम्पर्कविहीन थिए। खड्काको लडेर मृ त्यु भएको वा अन्य कुनै कारणले भन्ने खुलेको छैन। खड्का पिके क्षेत्र घुम्न भन्दै गएका थिए।


