गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले लक डाउनको समयवधी अझै १ साता थप्ने तयारी थालेको छ ।
दुई सातादेखिको लकडाउनको समीक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन र सीमा बन्द गर्ने विषयमा थप छलफल गर्ने अनुमान गरिएको छ ।
मन्त्रिपरिषद बैठकमा स्वास्थ्य सामग्री जिटजी मार्फत खरिद गर्ने बिषयको समेत निर्णय हुने अनुमान गरिएको छ ।
मन्त्रिपरिषदमा लैजाने प्रस्तावबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढाकाल, अर्थमन्त्री युवराज खतिवडा र प्रधानसेनापति पूर्णचन्द्र थापा छलफलमा ब्यस्त भएका छन् ।
सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
प्रधानमन्त्रीले कहिले सम्बोधन गर्ने भनेर आजकै मन्त्रिपरिषदको बैठकबाट तय गर्ने छ । सुरूमा ४ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको भए पनि २ बजे सारिनुको कारण प्रधानमन्त्रीको सम्बोधन हुन सक्ने अनुमान गरिएको हो।


