×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

तरकारी, फलफूल र ग्यास सिलिन्डरसँगै आउन सक्ने कोरोनाबाट जोगिन डाक्टरको यो ९ उपाय अपनाऔं

  •  
  • सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाण्डौं – विश्वब्यापी कोरोना कहर संगै तपाई हाम्रा घरमा भित्रने तरकारी, फलफुल र ग्यासको सिलिण्डमा पनि भाइरस नहोला भन्न सकिन्न । हामीले खरिद गर्ने यस्ता बस्तुमा कोरोना भाइसर भए पनि नभए पनि डा.रवीन्द्र पाण्डेको ९ उपाय अपनाउनु भएका जोगिन सकिन्छ ।

    १) हातमा पञ्जा लगाएर सुरक्षित रूपमा ग्यास ल्याउने, उक्त ग्यासलाई घरबाहिर साबुन पानीले सफा गर्ने । ओभानो गरेर स्प्रिट वा डिटोल पानीले सफा गर्ने । त्यसपछि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसँग धुने त छँदैछ ।

    २) दाल, चामललगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने र त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।

    ३) तरकारी तथा फलफूल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफूले साबुनपानीले हात धुने, तरकारी तथा फलफूललाई २० मिनेटदेखि आधा घण्टासम्म घाममा राख्ने । त्यसपछि भाँडोमा राख्ने । यसरी राखेपछि मनतातो पानी राख्ने, त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने । तरकारी, फलफूल सफा गर्ने ख्बननथ धबकज भए झन् राम्रो, आधा घण्टापछि धारोको पानीमा मिचिमिची सफा गर्ने । सुक्खा राख्ने, यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ, खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन । योबाहेक क्लोरिन पानी र पियूषको केही थोपा राखेर सफा गर्न पनि सकिन्छ ।

    ४) प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लिच पानीले पनि सफा गर्न सकिन्छ । केही विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसँग सफा गरे ब्लिच मिसाउनु पर्दैन । चिसोपानीले राम्रोसँग धोए पनि हुने भनाइ केही विज्ञको छ । यो आफ्नो–आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।

    ५) आलु, स्याउ, गाँजरलगायत कडा सतह भएका फलफूल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले विस्तारै सफा गर्न सकिन्छ । अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।

    ६) फलफूल तथा तरकारीलाई काट्नुअघि राम्रोसँग धुन जरुरी छ ।

    ७) सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै, बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।

    ८) खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ । रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम      गर्नुहुँदैन ।

    ९) तरकारी, फलफूल तथा अन्य खानेकुरा सफा गर्दा गम्भीर हुन जरुरी छैन, माथि उल्लेख गरेका उपायमध्ये आफूसँग उपलब्ध विधि अपनाए हुन्छ । सबैभन्दा उपयुक्त विधि भनेको पटक–पटक हात धुने हो । सरसफाईमा ध्यान दिने हो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.