काठमाडौं– लकडाउनका कारण मानिसहरु घर–घरमै बसिरहेको बेला अभिनेत्री करिश्मा मानन्धर पनि आफ्नै निवासमा छिन् । यद्यपि, कतिपय सामाजिक मुद्दाहरुमा उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणाहरु सार्वजनिक गरिरहेकी हुन्छिन् ।
यसैबीच, मंगलबार दिउँसो उनले एउटा स्टाटस लेखेकी छिन्, जसमा उनले नेपाल सरकारलाई केही कुराका लागि आग्रह गरेकी छिन् । करिश्माको पछिल्लो स्टाटस जस्ताको तस्तै :
महाकालि नदीको बेग र गहिराईलाई चिरेर अफ्नो भुमि फर्किने परदेशी, तराईमा आफुलाई पर्खेर बसेका आफ्ना आफन्तहरुलाईभेट्न व्याकुल अलपत्र परेका स्वदेशी , गल्ली र मठमन्दिरमा भोकै छ्ट्पटाई रहेका मानवआश्रित जन्तुहरु, भरे के पकाउने भन्ने सोचाइले टोलाइरहेकी श्रमिककी आमा ।
सबै यो मस्तिष्कमा घुमिरहँदा पनि हामी सबै निरिह छौं । सवधानी अपनाउनु अहिलेको उच्चतम जरुरत हो । त्यसैले नेपाल सरकारलाई बिन्ती गरेर भन्न चाहान्छु – ‘यस्ता अवस्था भएका नागरिकहरुको लागि विशेष व्यवस्था गरियोस् ।’



