गोरखा समाचारदाता
गोरखा – हाम्रो नेपालमा सबै भन्दा सस्तोमा पाउने वा कौडीको भाउमा पाउने भनेकै अम्बा हो । तपाईले अम्बाको स्वाद थाहा भए पनि यसको पातले हाम्रो शरिरमा पुरयाउन फाइदाको बिषयमा भने कमै जानकारी होला ।
तपाइलाई लागेको होला अम्बा फल भन्दा अझ पात बढी उपयोगी किन भनेर । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ ।
हामी तपाईलाई अम्बाको पातमा पनि विभिन्न औषधीय गुण बारेमा जानकारी दिने छौ ।
यस्ता छन् फाइदा
- अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ
- तपाईं डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्नुहोस फाइदा पुग्छ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ
- तपाईंमा मोटोपनको समस्या छ भने पनि अम्बाको पात सधै प्रयोग गर्दा हुन्छ । अम्बाका पातले तौल घटाउने काम गर्छ
- अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ
- अम्बाको पात उमालेर चियाको रुपमा प्रयोग गनुभयो भने बर्षौ देखीको ग्याष्ट्रीकबाट समेत छुटकारा पाउनु हुने छ
- अम्बाको पातको सुपले पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्दछ
- अम्बाको पातले छालामात्र होइन कपाललाई फाइदा पुर्याउँछ । यसले कपालको विकासमा सहयोग पुर्याउँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ
- अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ
- दाँत, घाँटीको दुखाइलाई पनिको पार्दछ ।




















