एजेन्सी – लिबियाका पूर्व प्रधानमन्त्री महम्मद जिब्रिलको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
६८ वर्षियका जिब्रिललाई २६ मार्चमा संक्रमण भएको भएको बीबीसीले जनाएको छ।
संक्रमण पुष्टि भएसँगै इजिप्टको राजधानी कायरोमा क्वारेन्टाईनमा बस्दै आएका जिब्रिलको त्यहीँ ज्यान गएको हो ।
उनी सन् २०११ मा गृहयुद्धका बेला सात महिना भन्दा बढी समय लिबियाको अन्तरिम प्रधानमन्त्री बनेका थिए ।


