एजेन्सी – बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना गरिएको छन् ।
नोबल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसेका प्रधानमन्त्री बोरिस जोनसोनलाई स्वास्थ्यमा सुधार आउन नसके पछि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री जोनसोनलाई आएको ज्वरो कम नभएपछि डाक्टरहरुको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।
बेलायतमा ४७ हजार ८०६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यहाँ सोमबार बिहान सम्म ४ हजार ९३४ जनाको ज्यान गइ सकेको छ ।
सरकार प्रमुखको हैसियतमा विश्वमा नै पहिलो पटक प्रधानमन्त्री जोनसोनलाई कोरोना भाइरस संक्रमण भएका पहिलो ब्यक्ति हुन ।


