- नोबल कोरोना भाइरस (कोडिभ–१९) अहिले विश्वका २०८ राष्ट्रमा देखा
गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख नजिक पुगेको छ ।
भाइरसका कारण अहिले सम्म (चैत्र २४ गते नेपाली सयम अनुसार बिहान ८ बजे सम्म) ६९ हजार ४५१ जनाको ज्यान गएको छ । २ लाख ६२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै संक्रमितको संख्या ३ लाख ३६ हजार ६ सय नाघेको छ भने ९ हजार ६१६ जनाको ज्यान गइसकेको छ ।
यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार नाघेको छ । त्यहाँ १५ हजार ३६२ जनाको ज्यान गइसकेको छ ।
स्पेनमा संक्रमितको संख्या १ लाख २८ हजार ९ सय नाघेको छ । त्यहाँ १५ हजार ७७८ जनाको ज्यान गइसकेको छ ।
जर्मनीमा संक्रमितको संख्या १ लाख १ सय नाघेको छ भने करिब १ हजार ५८४ जनाको ज्यान गएको छ ।
फ्रान्समा संक्रमितको संख्या ९२ हजार ८ सय नाघेको छ भने ज्यान गुमाउनेको संख्या ८ हजार ७८ पुगेको छ ।
इरानमा संक्रमितको संख्या ५८ हजार २ सयभन्दा बढी पुगेको छ भने ३ हजार ६०३ जनाको ज्यान गइसकेको छ ।
बेलायतमा पनि संक्रमण फैँलदो क्रममा रहेको छ । त्यहाँ ४७ हजार ८ सय भन्दा बढी मानिसहरुलाई संक्रमण देखिएको छ भने ४ हजार ९३४ जनाको ज्यान गइसकेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । भारमा सक्रमितहरुको संख्या ४ हजार २ सय नाघि सकेको छ भने ११७ जनाले ज्यान गुमाएकाछन् ।
त्यस्तै गरी पाकिस्तानमा संक्रमितको संख्या ३ हजार १ सय नाघेको छ भने ४७ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा भने अहिले सम्म १ हजार ६५६ जनामा नोबल कोरोना भाइरस (कोडिभ–१९) को परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । जस मध्ये १ जना निको भएर घर फर्किसेकको छ भने बाँकी ८ जनाको सफल उपचार भई रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


