काठमाण्डौं – अभिनेता सरोज खनाल अमेरिका तर्फ प्रस्थान गरेका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिएको बेला उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनी अमेरिकी नागरिकको हैसितयमा अमेरिका फर्किएका हुन् । अमेरिकाले आफ्ना देशका नागरिकलाई नेपालबाट अमेरिका लैजान चार्टर गरेको प्लेनमा अभिनेता खनाल आइतबार अन्य अमेरिकी नागरिकसँगै अमेरिका प्रस्थान गरेका हुन् ।
लामो समय अमेरिका बसेर नेपाल फर्किएका उनले चितवनमा आधुनिक पोल्ट्री व्यवसायसँगै गर्दै आएका छन् । उनको छोरा अमेरिकाको भर्जिनिया क्षेत्रमा बसोबास गर्छन् । उनै छोरालाई भेटन सरोज खनाल अमेरिका गएको अनुमान गरिएको छ ।
त्यसो त अभिनेता खनाल केही समय अगाडि देखि नै अमेरिका जाने तयारीमा थिए । अमेरिकामा नै रहेकी नातिनीको पास्नीको लागि उनी अमेरिका जाने तयारी गरिरहेका थिए । त्यहीँ समयमा नेपालमा लकडाउन भएपछि उनी रोकिएका थिए ।


