गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोडिभ–१९) का कारण अत्यावश्यकीय सामाग्री खरिदका लागि दुरी कायम गर्न गोलो घेरा निर्माण गर्न सुरु गरिएको छ ।
गोरखा नगरपालिकाको सहयोगमा गोरखा प्रहरीले त्यस्ता घेराहरु बनाउन सुरु गरेको हो ।
सदरमुकामको पसलहरुमा सामान खरिद गर्न आउनेहरुका लागि सामाजिक दुरी कायम गर्ने गरी गोलो घेरा तयार गर्न थालीएको गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत चेतनाथ अंगाईले बताए ।
सामान खरिद बिक्री गर्दा पनि मानिसहरुको भिड हुने र संक्रमित ब्यक्ति संगै रहेको खण्डमा अरुलाई पनि संक्रमण हुन सक्ने भन्दै दुरी कायम गर्न तरकारी, फलफुल तथा खुद्रा पसलहरुमा सेतो घेरा निर्माण गर्न थालिएको हो ।
पहिलो चरणमा गोरखा नगरपालिकाको वडा नम्बर ६ को बसपार्क, कालिमाटी बजार, लोकतान्त्रिक चोक, घ्याम्पेशाल चोक, गोरखा अस्पताल एरिया, हरमटारीका साथै पाटेचौर र ठुलो आँगन क्षेत्रमा सेतो घेरा निर्माण गरिएको छ ।
दुवै कार्यालयले घेरा निर्माण संगै उपभोत्ता र ब्यवसायीलाई दुरी कसरी कायम राख्ने भन्ने बिषयमा प्रशिक्षण समेत गराएको छ ।




