काठमाडौं– विश्व कल्याणका लागि राष्ट्रव्यापी दीप प्रज्ज्वलन अभियानको घोषणा गरिएको छ । ज्योतिष वासुदेव कृष्ण शास्त्रीका अनुसार आज २०७६ साल चैत २३ गते आईतबार असाध्यै राम्रो तथा पवित्र दिन परेको छ ।
आजका दिन चैत्र शुक्लपक्ष त्रयोदशी, रवि प्रदोष परेको छ । यो असाध्यै राम्रो दिनमा चन्द्रमा सिंह राशीमा प्रवेश गर्छन् । आजको दिनलाई सूर्यको दिन पनि भनिएको छ । प्रकृतीमा जब सूर्यको उदय हुन्छ, सूर्यको उदय भएपछि सम्पूर्ण अन्धकारहरु विलिन् भएर जान्छन् ।
ज्योतिष शास्त्री भन्न हुन्छ- ‘आईतबारको दिन प्रदोष तीथि पर्यो भनेदेखि असाध्यै पवित्र, शुभ, आरोग्य, समृद्धि, साहस र पुरुषार्थ बढाउने हुन्छ । आजको दिन सन्ध्याकालिन समय ७ बजेर ७ मिनेटदेखि ९ बजेर ९ मिनेटको समय असाध्यै शक्तिशाली, महत्वपूर्ण र संसारका प्राणीहरुको कल्याणका लागि अत्यन्त महत्वपूर्ण समय मानिएको छ ।’
शास्त्रहरुका अनुसार यस्तो किसिमको संयोग अत्यन्त दुर्लभ हुन्छ । त्यसकारण त्यो दुर्लभ समय हामीले प्राप्त गरेका छन् । त्यो समयमा हामीले हाम्रो घरमा, छतमा, देवालयहरुमा, हामी जहाँ छौं, त्यहाँ दीयो बालेर त्यो सम्पूर्ण अन्धकारलाई हटाउनु पर्नेछ ।


