काठमाडौं– टिकटकमा कोरोना भाइरसको बारेमा बनिरहेका विवादित भिडियोहरु भाइरल हुन थालेपछि टिकटकले त्यस्ता भिडियो अपलोड गर्ने एकाउन्टहरु बन्द गरिरहेको घोषणा गरेको छ ।
टिकटकले त्यस्ता हजारौं एकाउन्टहरु ब्याण्ड गरिरहेको बताएको हो, जसमा कोरोना भाइरसलाई लिएर विरोधाभासपूर्ण कुराहरु गरिएका हुन्छन् अथवा त्यसबाट बच्ने वैधानिक सल्लाहहरु दिइएका हुन्छन् ।
टिकटकले के भनेको छ भने उसले ती भिडियोहरुलाई प्राथमिकतापूर्वक हेर्न थालेको छ र त्यसप्रकारक कन्टेन्टलाई लिएर चिन्ता पनि व्यक्त गरेको छ यद्यपि, टिकटकले ती भिडियोहरुका बारेमा स्पष्ट रुपले केही पनि भनेको छैन, जसमाथि एक्शन लिइरहेको हो ।
गत साताको भारतमा एउटा धार्मिक भेलामा सहभागिताहरु कोरोना संक्रमित भएका समाचारहरु बाहिरिएस“गै धार्मिक तथा जातिय विवाद बढाउनका लागि टिकटकमा अपलोड गरिएका विवादास्पद भिडियोहरुलाई समेत कारक मानिएको थियो । त्यसपछि नै टिकटकले यो कठोर कदम उठाएको बताइन्छ ।


