काठमाडौं– विश्वका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले समेत दोस्रो विश्व युद्धपछि यो नै सबैभन्दा ठूलो चूनौती हो, जसबाट विश्व नै प्रभावित भैरहेको छ भनेर भनिसकेका छन् । तर, विश्वमा केही त्यस्ता देश तथा क्षेत्र पनि छन्, जहाँ अहिलेसम्म कोरोनाको संक्रमण पुग्न पाएको छैन ।
प्रशान्त महासागरीय द्वीप तूवालू तथा पूर्व सोभियत रिपब्लिक मुलुक तुर्कमिनिस्तानका बीच सामान्य के छ ? यी दुबै नै ती देशहरु तथा क्षेत्रहरुको सूचीमा समावेश छन्, जहाँ अप्रिल ५ तारिखसम्म कोरोना भाइरसको संक्रमणको एउटा पनि केश देखा परेको छैन । हालै सार्वजनिक भएको एउटा पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसले विश्वका २ सय भन्दा बढी देशहरु तथा क्षेत्रहरुमा आफ्नो पहुँच पुर्याइसकेको छ ।
विश्वमा ११ लाख भन्दा बढी व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भैसकेका छन्, जबकि निधन हुनेहरुको संख्या पनि ५९ हजार कटिसकेको छ । त्यसो त दुई लाख भन्दा बढी व्यक्तिहरु उपचारपछि घर समेत फर्किएका छन् । तर, विश्वमा ४० त्यस्ता ठाउहरु पत्ता लागेका छन्, जहाँ अहिलेसम्म कोरोना भाइरसको कुनै पनि केश देखिएको छैन । कम्तिमा आधिकारिक रुपमा त यसको कुनै सूचना नै छैन ।
सीमाहरु बन्द छन्
यद्यपि, ती देशहरु अथवा क्षेत्रहरुमा कुनै पनि केश किन नदेखिएको होला रु त्यसको कारण के हुनसक्छ रु थुप्रै वटा कारणहरु मध्ये यदि कुनै एक कारण बताइयो भने त्यो के हुनसक्छ भने ती क्षेत्रहरुमाहरु निकै साना छन् तथा त्यहाँ जनसंख्याको ठूलो घनत्व पनि छैन । अब, यदि तुवालूको कुरा गर्ने हो भने यो द्वीप निकै नै सानो छ । त्यहाँको जनसंख्या नै निकै कम छ र मानिसहरुको आवागमन पनि सीमित छ, धेरे छैन ।


