गोरखा समाचारदाता
काठमाण्डौं – विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।
भाइरसका कारण अहिलेसम्म ६४ हजार ७ सयभन्दा बढी मानिसको ज्यान गएको छ । २ लाख ४६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै संक्रमितको संख्या ३ लाख ११ हजार नाघेको छ भने ८ हजार ४५२ जनाको ज्यान गइसकेको छ ।
यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार नाघेको छ । त्यहाँ १५ हजार ३६२ जनाको ज्यान गइसकेको छ ।
स्पेनमा संक्रमितको संख्या १ लाख २६ हजार नाघेको छ । त्यहाँ ११ हजार ९४७ जनाको ज्यान गइसकेको छ ।
जर्मनीमा संक्रमितको संख्या ९६ हजार नाघेको छ भने करिब १ हजार ४४४ जनाको ज्यान गएको छ ।
फ्रान्समा संक्रमितको संख्या ९० हजार पुग्न लागेको छ भने ज्यान गुमाउनेको संख्या ७ हजार ५६० पुगेको छ ।
इरानमा संक्रमितको संख्या ५५ हजार ७ सयभन्दा बढी पुगेको छ भने ३ हजार ४५२ जनाको ज्यान गइसकेको छ ।
बेलायतमा पनि संक्रमण फैँलदो क्रममा रहेको छ । त्यहाँ ४२ हजारको हाराहारीमा मानिसहरुलाई संक्रमण देखिएको छ भने ४ हजार ३९३ जनाको ज्यान गइसकेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । भारमा सक्रमितहरुको संख्या ३ हजार ५ सय नाघि सकेको छ भने ९९ जनाले ज्यान गुमाएकाछन् ।
त्यस्तै गरी पाकिस्तानमा संक्रमितको संख्या २ हजार ८ सय नाघेको छ भने ४१ जनाले ज्यान गुमाएका छन् ।




















