बलिउड अभिनेता रणबीर कपूर तथा अभिनेत्री आलिया भट्टको जोडी बलिउडमा सबैभन्दा चर्चित जोडीहरु मध्येको एक हो । लामो समयदेखि यिनीहरु प्रेम सम्बन्धमा छन् । र, लामो समयदेखि उनीहरुको विवाहका खबरहरु चर्चामा आइरहन्छन् । तर, हरेक पटक कुनै न कुनै कारणले त्यसमा वाधा उत्पन्न भैरहेको छ ।
पछिल्लो पटक पनि उनीहरुले चलचित्र ब्रम्हास्त्रको प्रदर्शनपछि विवाहको बन्धनमा बाँधिने समाचार सार्वजनिक भएको थियो । अहिले आएर उनीहरुको विवाहको बारेमा अर्को एउटा ताजा खबर सार्वजनिक भएको छ । जस अनुसार, उनीहरुले सन् २०२० को डिेम्बरमा विवाह गर्ने निर्णय गरेका छन् ।
प्रारम्भमा दुबैले डेस्टिनेशन वेडिङ गर्ने योजना बनाएका थिए । यद्यपि, अहिले आएर उनीहरुले मुम्बईमा नै वैवाहिक समारोह सम्पन्न गर्ने निर्णय गरेको बताइन्छ । एउटा समाचारमा जनाइए अनुसार विवाहको कार्यक्रम डिसेम्बर २१ का दिनदेखि प्रारम्भ हुनेछ र त्यो चार दिनसम्म चल्ने छ।
रणबीरका बुवा ऋषि कपूरको स्वास्थ अहिले ठिक छ । त्यसैले अब यो विवाहलाई अघिल्लो चरणमा लैजाने तयारी थालिएको बताइन्छ । यसअघि के खबर सार्वजनिक भएको थियो भने आलिया भट्ट र रणबीर कपूरले लकडाउनका कारण लिभ इन रिलेशनशीपमा बसिरहेका छन् । आलिया भट्ट आफ्नो लकडाउनको समय एउटा अति नै मत्वपूर्ण बस्तुसंग बिताइरहेकी छिन् । भनिन्छ, यतिबेला आलिया क्रिएटिभ राइटिङ सिकिरहेकी छिन् ।


