लण्डन– कोरोना संक्रमणसग जुधिरहेका ७६ वर्षीय हलिउड को निधन भएको छ । अस्पताल भर्ना भएको ४८ घन्टापछि बुधबार स्टार वार्स अभिनेता एन्ड्रयूको निधन भएको हो ।
उनकी श्रीमती ग्याब्रिएला रोजर्सले इन्स्टाग्राममार्फत् निधनको पुष्टि गरेकी हुन् । ग्याब्रिएला स्वयं पनि यतिबेला अष्ट्रेलियामा क्वारेन्टाइनमा बसिरहेकी छिन् ।
श्रीमान् को निधनमा दुःखी हुँदै उनले लेखेकी छिन्–‘हामीले आज एक असल व्यक्तिलाई गुमाएका छौं । उनको लन्डनको एक अस्पतालमा ४८ घन्टाअघि मात्रै भाइरस डायग्नोसिस भएको थियो ।’



