एजेन्सी – विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्याबाट ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय नाघेको छ । भाइरसबाट संक्रमण हुने संख्या विश्वभरीमा नै १० लाख ९७ हजार नाघेको छ । भने २ लाख २८ हजारभन्दा बढी संक्रमितहरु उपचार पछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै संक्रमितको संख्या २ लाख ७७ हजार नाघेको छ भने ७ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख १९ हजार नाघेको छ । त्यहाँ १४ हजार ६ सय ८१ जनाको ज्यान गइसकेको छ । गएको २४ घण्टा भित्र अमेरिकामा १ हजार ३ सय भन्दा बढी मानिसको ज्यान गएको छ ।
संक्रमितको संख्या स्पेनमा १ लाख १९ हजार नाघेको छ । त्यहाँ १२ हजार २ सय जनाको ज्यान गइसकेको छ । जर्मनीमा संक्रमितको संख्या ९१ हजार नाघेको छ भने १ हजार २७५ जनाको ज्यान गएको छ ।
फ्रान्समा संक्रमितको संख्या ६४ हजार नाघेको छ भने ज्यान जानेको संख्या ६ हजार ५०७ पुगेको छ । इरानमा संक्रमितको संख्या ५३ हजार १ सयभन्दा बढी पुगेको छ भने ३ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
बेलायतमा पनि संक्रमण फैँलदो क्रममा रहेको छ । त्यहाँ ३८ हजार ७ सयभन्दा बढीमा संक्रमण देखिएको छ भने ३ हजार ६०५ जनाको ज्यान गइसकेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ भने ४० जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमितको संख्या २ हजार ५६७ पुगेका छन् भने ७२ जनाले ज्यान गुमाएका छन् ।


