गोरखा समाचारदाता
काठमाण्डौं – विश्वमा कोरोनाका संक्रमणबाट उपचार पछि २ लाख भन्दा बढी मानिस घर फर्किएका छन । यो रोगबाट शुक्रबार बिहान सम्म १० लाख मानिस प्रभावित भएका छन ।
यो भाइरसले संक्रमण गरेका १० लाख १५ हजार ४६६ जना मध्ये २ लाख १२ हजार २२९ जना सफल उपचार पछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना संक्रमणबाट सबै भन्दा बढी अमेरिका नराम्ररी प्रभावित भएको छ । अमेरिकामा प्रविभावितहरुको संख्या २ लाख ४५ हजार नाघेको छ । त्यहाँ १० हजार ४ सय भन्दा बढी मानिस उपचार पछि घर फर्किएका छन । अमेरिकामा ज्यान गुमाउनेको संख्या भने ६ हजार ७५ पुगेको छ ।
चीनको बुहान शहरबाट सुरु भएको यो रोगले अहिले विश्वको २ सय भन्दा बढी देशलाई आफ्नो चपेटामा लिएको छ ।
चीनमा मात्रै शुक्रबार विहान सम्म ८१ हजार ५८९ जना संक्रमित देखिएकोमा ७६ हजार ४०८ जना उपचार पछि घर फर्किएका छन । त्यहाँ ज्यान गुमाउनेको संख्या ३ हजार ३१८ पुगेको छ ।
त्यस्तै गरी अमेरिका पछि इटाली वढी प्रभावित भएको छ । त्यहाँ १ लाख १५ हजार २४२ जना प्रभावित भएका छन भने उपचार पछि १८ हजार २७८ जना घर फर्किएका छन । त्यहाँ ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगेको छ ।
स्पेनमा पनि यो रोगका कारण १ लाख १२ हजार ६५ जना संक्रमित भएकोमा उपचार पछि २६ हजार ७४३ जना घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यहाँ १० हजार ३४८ जनाले ज्यान गुमाएका छन ।
जर्मनीमा पनि यो संक्रमणले ८४ हजार ७९४ जना प्रभावित भएकोमा २२ हजार ४४० जना उपचार पछि घर फर्किएका छन । त्यहाँ १ हजार १०७ जनाले ज्यान गुमाएका छन ।
कोरोनाकै कारण फ्रान्समा पनि ५९ हजार १०५ जना संक्रमित भएकोमा १२ हजार ४२८ जना उपचार पछि घर फर्किएका छन । त्यहाँ ५ हजार ३८७ जनाले ज्यान गुमाएका छन ।
बेलायतमा कोरोनाबाट ३३ हजार ७१८ जना संक्रमित भएकोमा १३५ जना उपचार पछि घर फर्किएका छन । त्यहाँ अहिले सम्म २ हजार ९२१ जनाले ज्यान गुमाएका छन ।
कोरोना कै कारण दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ ।
छिमेकी देश भारतमा संक्रमितहरुको संख्या २ हजार ५४३ पुगेको छ भने उपचार पछि १९१ जना घर फर्कि सकेका छन । भारतमा यो रोगका कारण अहिले सम्म ७२ जनाले ज्यान गुमाई सकेका छन ।
त्यस्तै गरी पाकिस्तामा २ हजार ४२१ जना संक्रमित रहेकोमा १२५ जना उपचार पछि घर फर्किएको छ । त्यहाँ अहिले शुक्रबार बिहान सम्म ३४ जनाको ज्यान गई सकेको छ ।
शुक्रबार बिहान सम्म विश्व भरीमा कुल ५३ हजार १९० जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


