गोरखा समाचारदाता
कपिलवस्तु – कपिलवस्तुमा प्रहरी हिरासतमै गएराति एक थुनुवा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय पिपरामा आफ्नै छोरीको जवरजस्ती करणी मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि थुनामा रहेका वाणगंगा नगरपालिका ८ का ३८ वर्षीय पुरुष झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
थुनुवा कक्षसँगै रहेको शौचालयको भेन्टिलेशनमा तन्नाले बाँधेर झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।


