गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा छैटौं व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कतार एअरवेजको उडान ६५२ बाट चैत ४ गते नेपाल आएकी बाग्लुङकी एक युवतीमा संक्रमण पुष्टि भएको हो ।
सोही उडानमा आउने अन्य २ जनामा यसअघि संक्रमण पुष्टि भैसकेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले नयाँ संक्रमित भेटिएको जानकारी दिएका हुन ।
अहिलेसम्म संक्रमण भेटिएका सबै ब्यक्ति विदेशवाट नेपाल भित्रनेहरु रहेका छन । यसअघि सोही विमानमा आएका २ जना युवतीको रिपोर्ट पोजेटिभ पाइएको थियो । तीमध्ये १ जना टेकु अस्पताल र अर्की बागलुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत छिन् ।
त्यस्तै युएइबाट आएका अर्का १ जना सेती प्रादेशिक अस्पतालमा र अर्का व्यक्ति टेकु अस्पतालमा उपचाररत छन् । चीनबाट आएका १ जना भने निको भइकन घर फर्किसकेका छन् ।
कतार एअरबाट काठमाडौं आउने २ जनामा यसअघि नै कोरोना पोजेटिभ देखिसकेको छ । पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशालामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म १ हजार १८४ वटा परीक्षण भइसकेको छ । ४३ जनाको परीक्षणको क्रममा रहेको मन्त्रालयले जनाएको छ । देशभरिमा १०५ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन ।
केही दिनदेखि मन्त्रालयले प्रदेश स्तरमा ल्याव स्थापना गरेर परीक्षणको दर बढाएको छ ।


