नायिका रेखा थापाले सिमामा आएर अलपत्र परेका नेपालीलाई आफ्नो मातृभुमिमा ल्याउन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै नेपाल भारत सिमामा आएर छिर्न पाउ भन्ने प्यारा दाजुभाई दिदी बहिनिको रोदनले मुटु छोएको बताएकी छिन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हाल नेपाल लकडाउनमा छ । सिमानाहरु सबै बन्द छन् । अन्तरास्ट्रिय आवतजावत बन्द छ । नेपालभारत सिमामा पनि थुप्रै नेपाली अलपत्र छन् ।
कोरोना भाइरसको प्रभाव नेपालमा पर्न थले देखि नै नायिका थापाले जनचेतनामूलक भिडियो सन्देश र स्टाटस सेयर गरिरहेकी थिईन् । लकडाउनु हुनु अगाडि देखि सेल्फ क्वारेन्टाइनमा बसेकी रेखा लेख्छन् – ‘युरोप, अष्ट्रेलिया, अमेरिका र खाडी राष्ट्रमा रहेका हाम्रा आफन्तहरु सुरक्षित रहनुहोला भन्ने कामना शिवाय अरु केही भन्न सकिन ।’
उनि लेख्छीन् – ‘आर्थिक बाध्यता र देशमा श्रम र श्रीजनाको अवसर नपाएर बिदेशीन वाध्य लाखौं नेपाली खास गरी नेपाल भारतको सिमा मा आएर आफ्नो देश छिर्न पाउ भन्ने प्यार दाजु भाई दिदी बहिनिको रोदनले मुटु छोएको छ । आफ्नो देश प्रबेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र सम्रक्षकको अभाव कती पिडादायी होला । यताको पनि उस्तै प्राबिधिक बाध्यता होला । तर आएर क्वारेण्टाइन बस्छौ, जहाँ बसाल्यो त्यही बस्न तयार छौ भन्दा पनि आउन नदिनु भनेको ब्यबस्थापना समस्या हो ।’
उनले थपिन् – ‘युरोप, अष्ट्रेलिया, अमेरिका, खाडी राष्ट्रमा रहेका हाम्रा आफन्तहरु सुरक्षित रहनुहोला भन्ने कामना शिवाय अरु केही भन्न सकिन । बिदेशका नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुन्दा खिन्न लाग्छ होला, तर यहाँ हालत यस्तै छ । कस्लाई गुनासो गर्नु, गरेर हुन्छ नै के? कम्तिमा भारतको सयौ किलोमिटर भोकै नाङै हिंडेर सिमा पुगेकालाई वारी ल्याएर सेना प्रहरिकै क्याम्पमा राखेर दालभात दिदा, २५ दिन राख्दा पनि हुन्थ्यो होला भन्ने लाग्छ । सकिन्छ भने बेसहारा बन्न नदिने ब्यबस्था गरौ I परेको बेला देशले अपनाएन भने, नपरेको बेला राष्ट्रियताको भाषाणले केही फरक पार्दैन । श्रमिक र मजदुरको मन दुखाउनु हुँदैन ।’


