गोरखा समाचारदाता
काठमाडौं – सेल्सबेरी स्टोर्सले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पच्चिस लाख रुपैयाँ उपलब्ध गराएको छ ।
विगत २९ वर्ष देखि सञ्चालनमा रहेको सेल्सबेरी ब्राण्डले कोरोना संक्रमितको उपचारमा सहयोग होस भनेर सो रकम उपलब्ध गराएको हो ।
कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्गले सरकारले लकडाउन को आवहान गरेको अवस्थामा पनि घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले पुर्याउँदै आएको जानकारी दिए ।
यसअघि पनि स्टोर्सले बाढी, महाभूकम्प लगायतको समयमा पनि सहयोग गरेको थियो ।


