एजेन्सी – अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा १ हजार भन्दा बढीको ज्यान गएको छ ।
बुधबार मात्रै अमेरिकामा १ हजार ४७ जनाको ज्यान गए सँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ११० पुगेको छ ।
नयाँ संक्रमणको दर पनि बुधबार अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार एकै दिन २६ हजार ४३६ मा नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा कुल संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ ।
यती ठुलो संख्यामा मानिसमा संक्रमण भएको विश्वमा अमेरिका एक मात्र देश हो । अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी प्रभावित छ । न्यूयोर्कमा पछिल्लो २४ घण्टामा ५ सय ५ जनाको ज्यान गयो भने ७ हजार ९१८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
यस्तै न्यूजर्सी राज्यमा पछिल्लो २४ घण्टामा ३ हजार ५५९ जनामा नयाँ संक्रमण भेटिएको छ । पछिल्लो समय अमेरिका कोरोनो भाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्दै गएको छ ।


