गोरखा समाचारदाता
काठमाण्डौं – विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमानेको संख्या ४७ हजार नाघेको छ ।
भाइरसबाट ९ लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
विश्वभर १ लाख ९४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ भने ५ हजार ११० जनाको ज्यान गएको छ ।
यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख १० हजार नाघेको छ । त्यहाँ १३ हजार १५५ जनाको ज्यान गइसकेको छ ।
संक्रमितको संख्या स्पेनमा १ लाख ४ हजार नाघेको छ । त्यहाँ ९ हजार ३८७ जनाको ज्यान गइसकेको छ ।
जर्मनीमा संक्रमितको संख्या ७८ हजार नजिक पुगेको छ ।
फ्रान्समा संक्रमितको संख्या ५७ हजारको नजिक पुगेको छ भने ज्यान गुमाउनेको संख्या ४ हजार ३२ जना पुगेको छ ।
इरानमा संक्रमितको संख्या ४७ हजार ५ सयभन्दा बढी पुगेको छ भने ३ हजार ३६ जनाको ज्यान गइसकेको छ ।
बेलायतमा पनि संक्रमण फैलदो क्रममा रहेको छ । त्यहाँ २९ हजार ४ सयभन्दा बढीलाई संक्रमण भएको छ भने २ हजार ३५२ जनाको ज्यान गइसकेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार १ सय नाघेको छ भने भारतमा २ हजारको हाराहारीमा पुगेको छ ।
पाकिस्तानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने भागतमा ५८ पुगेको छ ।




















