गोरखा समाचारदाता
म्याग्दी – पाखुरेमा प्रेसरकुकर पड्कदा १ जना वृद्वा घाईते भएकी छिन ।
जिल्लाको मंगल गाउँपालिका ३ को पाखुरेमा प्रेसरकुकर पड्किदा १ वृद्वा घाईते भएकी हुन ।
घरमा बिहान खानाको लागि दाल बनाउने क्रममा एक्कासी प्रेसरकुकर पड्कदा ७२ बर्षिया जशोधा खड्का घाईते भएकी हुन ।
घाईते खड्काको म्याग्दी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पोखराको गण्डकी अस्पताल लगिएको म्याग्दी प्रहरीले जनाएको छ ।




















