गोरखा समाचारदाता
गोरखा – गोरखाकी एक युवतीको राजधानीमा रहेको बीर अस्पतालमा ज्यान गएको छ ।
लामो समय देखी ज्वरो आएका ति युवतीको आज (बुधबार) बीरमा ज्यान गएको हो ।
जिल्लाको भीमसेन थापा गाउँपालिका ८ घाटवेशीकी देवी दराईको ज्यान गएको वडाध्यक्ष बासु थापाले जानकारी दिए । थापाका अनुसार दराई बिगत २ साता देखी ज्वरोका विरामी हुन ।
ज्वरो आएर सास फेर्न गारो भएको भन्दै दराईले चैत्र ४ गते आरुघाटमा उपचार गराएको भएता पनि उनलाई थप उपचारको लागि राजधानीको टेकु अस्पताल रिफर गरिएको टेकुले पनि भ्यान्टीलेटरमा राखेर उपचार गरानुपर्ने भन्दै बीरमा रिफर गरेको थियो ।
९ गते राजधानी उपचारका लागि लगेका दराईलाई टेकु अस्पतालले १६ गते बीरमा थप उपचारको लागि पठाएको थियो ।
दराईको ज्यान गए संगै गाउँमा कोरोना भाइरसको त्रास भएको भन्दै स्थानियले पुलमा फलामे साँङला सहित ताल्चा लगाएर आवत जावतमा प्रतिवन्ध लगाएको । दराईको आजै परम्परा अनुसार घाटवेशीमा अन्त्यष्ठी गरिएको वडाध्यक्ष थापाले बताए ।




















