गोरखा समाचारदाता
गोरखा – जिल्लामा कोरोना भाइरसको त्रास यती सम्म छाएको छ कि अब कोही नयाँ मान्छे गाउँमा देखिनासाथ कोरोना पिडित हो ।
गएको केही दिन देखी गोरखाको विभिन्न क्षेत्रमा नमुना नमुनाका काम भएका छन । धेरै जसो क्षेत्रमा पर्खाल लगाएर गाउँ आउ जाउ गर्न बाटो अवरोध गरिएको छ भने केही स्थानमा सालका रुख नै ढालेर बाटो अवरोध गरिएको छ ।
पछिल्लो समय भीमसेन थापा गाउँपालिकाको धेरै जसो स्थानमा पनि यस्तै क्रियाकलाप देखिन थालेको छ । त्यो पनि स्थानिय जनप्रतिनिधीकै रोहबर र अगुवाईमा ।
पछिल्लो समय भीमसेन थापा गाउँपालिका ८ ले सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै गोरखा र धादिङ जोड्ने घाटबेशीको पुलमा फलामे साँङला सहित ताल्चा लगाइ दिएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ सल्यानटार र गोरखाको घाटबेशी जोडने बूढीगण्डकी माथिको पुलमा वडाध्यक्ष बासु थापा सहितिको टोलीले ताल्चा लगाइएको हो ।
लक डाउनको समयमा पनि मानिसहरुको आवत जावतमा कमी नआएको भन्दै स्थानिय सहित जनप्रतिनिधी मिलेर ताला लगाएको हो । पुलमा फलामे साँङला सहित ताल्चा लगाउदा प्रहरीको समेत उपस्थिती रहेको थियो ।
उत्त पुल हुदै रातकोस समयमा मोटरसाईलक आवत जावत गर्न थालेको भन्दै स्थानियको आग्रहमा जनप्रनिधिले ताला लगाएको हो । ताला घाटबेशी टोल सुधार समितिलाई बुझाएको र जरुरी काम परेको खण्डमा ताला खोलेर आवतजावत गर्न मिल्ने वडाध्यक्ष थापाले बताए ।
तस्बिर बासु थापाको फेसवुक वालबाट


