गोरखा समाचारदाता
गोरखा – गोरखाको अमले भन्ने स्थानमा चितुवा लखेटने क्रममा बन्दुक पड्किएर १ जना घाईते भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका ७ को अमले भन्ने स्थानमा चितुवा लखेट्ने क्रममा उत्त घटना भएको हो ।
मंगलबार साँझ भएको घटनामा परी स्थानिय ५८ बर्षिय तुलबहादुर गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । घाईतेको हात र कोखामा चोट लागेको छ । घाईते गुरुङको अहिले राजधानीको टिचिङ अस्पतालमा उपचार भई रहेका छ । अस्पताल श्रोतका अनुसार उनी अहिले खतरा मुक्त छन ।
केही महिना देखी उत्त क्षेत्रमा चितुवा र बाघले स्थानियको घर पालुवा जनावर खाएर दुःख दिन थालेको प्रहरी कार्यालयले जनाएको छ । सोही क्रमम मंगलबार भरुवा बन्दुक लिएर चितुवा लखेटन निस्किएका गुरुङको साथमा रहेको बन्दुक अचानक पड्कीएको हो ।
उक्त क्षेत्रमा गस्तीमा गएका प्रहरीको सवारीलाई समेत चितुवाले आक्रमण गर्न खोजेको प्रहरी कार्यालयले जनाएको छ ।
गुरुङको साथमा रहेको भरुवा बन्दुक अवैध भएकोले उपचार पछि कानूनी कारवाहीका लागि मुद्वा दर्ता गरिने प्रउ अधिकारीले बताए । हतियार भने अहिले प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।




















