गोरखा समाचारदाता
गोरखा – गोरखाको उत्तरी गाउँ चुम भ्यालीमा हुने भनिएको श्याग्या शताब्दी महोत्सव २०२० स्थगित गरिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोडिभ१९) का कारण महोत्सव स्थगित गरिएको हो ।
आउदो ०७७ साल बैशाख ५ गते देखी ८ गते सम्म गर्ने भनिएको महोत्सव स्थगित गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
राष्ट्रपती विद्यादेवी भण्डारीले महोत्सव उदघाट्न गर्ने कार्यक्रम तय भएको भएता पनि कोरोना भाइरसका कारण कार्यक्रम स्थगित गनुपरेको आयोजक संस्थाका अध्यक्ष निमा लामाले बताए ।
साविक चुम्चेत र छेकम्पार गाउँविकास समितिलाई चुम भ्याली भनेर चिनिन्छ । चुमको अर्थ पुर्व हो ।
विक्रम सम्बत १९७७ साल देखी उत्त क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गरिएको छ । चुम भ्यालीलाई विश्वमाझ चिनाउने र पर्यटक भित्राउने लक्ष्यका साथ महोसत्वको आयोजना गरिएको थियो ।


