×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बेलहिया नाकामा १० दिनकी सुत्केरीको बिजोग

  •  
  • बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बुटवल — १० दिनकी सुत्केरीको दिनचर्या कस्तो होला ? धेरैलाई लाग्ला पोषिलो खाना खाने र आराम गर्ने । तर, रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जीले यस्तो अवसर पाइनन् । भारतको दिल्लीस्थित गाजीयावादमा ९ दिनअघि सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपाल-भारत सीमाको बेलहिया नाकामा छन् । अन्य नेपालीसँगै आफ्नो देश फर्किएकी उनलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन दिएका छैनन्। अझै कति दिन यसरी बस्नु पर्ने हो उनी आफैंलाई थाह छैन।

    लक्ष्मी भारतको गाजीयावादबाट पैदल र बस यात्रा गर्दै यहाँ आएकी हुन्। २ दिन भारतीय बजार सुनौलीको सडक पेटीमा पल्टिइन्। ‘सडक छेउको घरको पेटी थियो। त्यही चिसो पिढीमा पल्टेर २ दिन बिताएँ,’उनले दुखेसो पोखिन्, ‘पुरै डेढ दिन केही खानेकुरा नखाएर बित्यो।’भोको पेट छोरीलाई दूध चुसाउँदा उनी बेहोशसमेत भइन्। बेहोश हुने र बिउझिने भइरह्यो। अवस्था नाजुक देखेर सशस्त्र प्रहरीले पानी खुवाउँथे।

    सोमबारदेखि बेलहिया समाज र स्थानीयले खाना खुवाएपछि बल्ल उनको प्राण आयो। सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा पस्‍न पनि दियो। बेलहियाका स्थानीयले बस्न टेन्टको व्यवस्था गरी दिए। लक्ष्मी काखमा शिशु छोपेर त्यही टेन्टमा बसेकी छन्। पोषिलो खाना मात्र होइन उनले भोकलाग्दा रुखो खाना पनि खान पाएकी छैनन्। आमाले खान नपाएकै कारण शिशुलाई दूध आएको छैन। दूध खान नपाएकी छोरी छिनछिनमा रोइराखेकी छन्। उनी दूध चुसाएर भुलाउने कोशिश गर्छिन्। तर, छोरीको रुवाइ रोकिन्न। ‘चुस्दा चुस्दा निचोरिएर दूधको मून्टो नै चुडिएलाजस्तो भएको छ। तर दूध आउदैन,’ लक्ष्मीले बेथा पोखिन्,‘यो संकटमा कसरी आफ्नो प्राण बचाउँ। छोरीको कसरी बचाउँ। सोच्न सकेकी छैन।’

    सीमामा अलपत्र परेकालाई सोमबार बिहान, साँझ र मंगलबार बिहान स्थानीयले खाना खुवाएका थिए। मंगलबारको साँझ कसले खाना खुवाउँछ वा खुवाउदैन टुंगो छैन। सुत्केरी शरीर करकरी दुखेको छ। तर, गोडा पसार्ने ठाउँ छैन। ३ सय अलपत्रहरुको बीचमा कोचिएकी छन्। खुन बगेका कपडा भिजेका छन्। फेर्न पाएकी छैनन्। नजिक पर्दा गन्हाउने र माखा लाग्ने भएको छ। ‘खानेबस्ने नै टुंगो नभएका बेला नुवाउने धुने भन्ने टाढाको कुरो हो,’लक्ष्मीले भनिन्, ‘सबै दुःख एकैपटक खनिएझैं लागेको छ।’

    लक्ष्मीको यो दुःख सीमामा आएपछिको मात्र होइन। छोरी जन्माउँदा देखि नै सुरु भएको थियो। जब प्रसव बेथा सुरु भयो, दिल्लीमा रहेको गाजियावाद अस्पतालले भर्ना लिन मानेन। जसोतसो हात जोडेर भर्ना भइन् र सुत्केरी भइन्। सुत्केरी भएको २ घण्टा बित्न नपाउँदै अस्पतालले घरमै जान भनेर निकालिदियो। कोठामा फर्किदा घरभेटी झर्किए। त्यतिमात्र होइन अस्पतालमा बसेकाबाट कोरोना संक्रमण हुने भन्दै घरबाटै निकालिदिए।

    सुत्केरी लक्ष्मी अलपत्र परिन्। २ र ३ वर्षे अन्य दुई छोरीसहित पति मनोजले घर जाने निर्णय गरे। कोठामा भएका झिटीझिम्टी कसे। र, दिल्लीबाट नेपाल आउने पैदल यात्रा सुरु गरे। २ दिन पैदल हिँडे। खुनका धारा बगाउँदै सुत्केरी लक्ष्मी अनवरत हिँडिरहिन्। न भोकमा खान पाइन् न थाक्दा बसेर आराम गर्न। शनिबार उत्तरप्रदेश सरकारले अलपत्रको उद्धार गरेर सीमा नाकासम्म पुर्‍याउने भन्दै उनलाई पनि बसमा उठाइदियो। कुन ठाउँबाट बस चढिन्, उनी सम्झन्नन्। बसका फलामे सिटमा कोचीएर उनी शनिबार साँझ सुनौली नाका आइपुगिन्।

    सुनौली नाकाबाट करीब १५ किलोमिटरमा उनको घर छ। तर, कोरोना संक्रमण हुने भन्दै नेपाली सुरक्षाकर्मीले घर जान दिएका छैनन्। हिन्दु परम्पराअनुसार बुधबार छोरीको न्वारान गर्नुपर्छ। सुत्केरीले नुहाएर चोखिनुपर्छ। सीमामा अलपत्र लक्ष्मीले भनिन्, ‘तर, कोरोनाले सबै रीतिथीति सपनाजस्तै बनायो।’

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत १९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.