गोरखा समाचारदाता
काठमाण्डौं – विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । ८ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वभर १ लाख ७८ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिकामा मात्रै संक्रमितको संख्या १ लाख ८८ हजार नाघेको छ भने ३ हजार ८८९ जनाको ज्यान गइसकेको छ । यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । त्यहाँ १२ हजार ४२८ जनाको ज्यान गइसकेको छ ।
संक्रमितको संख्या स्पेनमा ९५ हजार ९ सय नाघेको छ । त्यहाँ ८ हजार ४६४ जनाको ज्यान गइसको छ । जर्मनीमा संक्रमितको संख्या ७१ हजार ८ सय नाघेको छ ।
फ्रान्समा संक्रमितको संख्या ५२ हजार १ सय नाघेको छ भने फ्रान्समा ज्यान गुमाउनेको संख्या ३ हजार ५२३ जना पुगेको छ भने इरानमा संक्रमितको संख्या ४४ हजार ६ सयभन्दाबढी पुगेको छ भने २ हजार ८९८ जनाको ज्यान गइसकेको छ ।
बेलायतमा पनि संक्रमण फैलदो क्रममा रहेको छ । त्यहाँ २५ हजार १ सयभन्दा बढीलाई संक्रमण भएको छ भने १ हजार ७८९ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा १ हजार ९ सय, भारतमा १ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् ।
पाकिस्तानमा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ भने भारतमा अहिले सम्म ३५ जनाले ज्यान गुमाइसकेका छन ।




















