गोरखा समाचारदाता
दमौली – मिटर जोड्ने क्रममा करेन्ट लागेर १ जनाको ज्यान गएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका ११ को नासिकोटमा करेन्ट लागेर गोविन्द आलेको ज्यान गएको हो ।
दिउसो १ः३० बजे नासिकोटको दुर्गाबहादुरको नेपालीको घरमा विद्युतीय मिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर आले घाईते भए पछि उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको भएता पनि चिकित्सकहरुले दिउसो ३ः२० बजे मृक्त घोषित गरेका थिए ।


