गोरखा समाचारदाता
नवलपुर – नवलपुरको बन कार्यालय नजिकै दुर्घटना हुदा स्कुटी चालकको ज्यान गएको छ ।
मंगलबार दिउसो ४ः४५ बजे बिनयी त्रिवेणी गाउँपालिका १ को बन कार्यालय नजिकै भएको दुर्घटनामा परी पदमबहादुर केसीले ज्यान गुमाएका हो ।
पुर्व पश्चिम राजमार्ग अन्रतर्गत काठमाण्डौं देखी गुम्मी जादै गरेको बा. ६६ प ४६८३ नम्बरको स्कुटी अचानक अनियन्त्रीत भई दुर्घटना हुदा अर्घाखाची जिल्ला घर भई ठाडा गाउँपालिका ३ बस्ने ३६ बर्षिया केसीको ज्यान गएको नवरपुर प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गंभिर घाईते भएका केसीलाई उपचारको लागि मध्यबिन्दु नगरपालिकाको डण्डामा रहेको अस्पतालमा उपचारको लागि लादा चिकित्सकहरुले मृक्त घोषित गरेको नवलपुर प्रहरीले जनाएको छ ।


