गोरखा समाचारदाता
महोत्तरी – महोत्तरी जिल्ला अदालतले सामूहिक बलात्कारको आरोपमा ४ जना युवकलाई जेल चलान गरेको छ ।
जेल चलान हुनेमा महोतरीको जलेश्वर नगरपालिका ६ का २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय संतोष कुमार ठाकुर, २६ वर्षीय खुसनुर अंसारी र १९ वर्षीय प्रभन्स पंडित रहेको जिल्ला अदालत महोतरीले जनाएको छ ।
गत फागुन १५ गते जलेश्वरमा लागेको परिक्रमा मेलाकै राति मेला भर्न गएकी २ किशोरीमाथि बलात्कार गर्नेलाई जेल सजाय भएको हो ।
घटनामा संलग्न थप ३ जना अहिले पनि फरार रहेका छन् भने प्रहरीले उनीहरुको खोजतलाश गरिरहेको जनाएको छ ।


