एजेन्सी – कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको ज्यान गएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण ८१ वर्षका ज्याक्स जोआकिमको फ्रान्सको पेरिसमा ज्यान गएको हो ।
पेरिसमा उनको उपचार भइरहेको थियो । सन् १९३९ मा ज्याक्स जोआकिम जन्मेका ओपाङ्गो सैन्य अधिकृतदेखि जनरल सम्म बनेका थिए ।
उनी तत्कालिन राष्ट्रपति मरियन न्गुअबीलाई अपधस्थ गरी सत्तामा पुगेका थिए । ओपाङ्गोले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए ।


