गोरखा समाचारदाता
पोखरा – कोरोना भाइरस लागे नलागेको थाहा पाउने पीसीआर मेसिन पोखरा आइपुगेको छ ।
आजै हेलिकप्टर मार्फत बिरामीको स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अवतरण गरेको छ ।
मेसिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ । अब गण्डकी प्रदेशका सम्भावित कोरोना संक्रमितको परीक्षण पोखरामा नै हुने भएको छ ।


