×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भ्रम छर्ने ३६ अनलाइनलाई स्पष्टीकरण, १४ अनलाइन बन्द

  •  
  • मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाण्डौं – प्रेस काउन्सिल नेपालले ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको छ भने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन/प्रसारण नहुने गरी ब्लक गरेको जनाएको छ ।

    चैत १० गतेदेखि कोरोना भाइरस (कोभिड– १९) बारे अफवाह फैलाउने, तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै १४ वटालाई अनलाईनलाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दीपक खनालले बताए ।

    प्रेस काउन्सिलले पहिलो चरणमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरणमात्रै सोधेको छ । सम्बन्धित निकायमा दर्ता बिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १४ अनलाइन सञ्चारमाध्यमहरुलाई भने ब्लक नै गरिएको काउन्सिलले जनाएको छ ।

    जटिल परिस्थितिमा पत्रकार र सञ्चारमाध्यमहरुले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि काउन्सिलले यस्तै भूमिकाको अपेक्षा गरेको छ । यद्यपि पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

    विज्ञप्तिमा काउन्सिल अहोरात्र मिडिया अनुगमनमा जुटेको पनि जनाएको छ ।

    नेपालमा कुन कुन अनलाइन ब्लक भयो त ?

    १) कास्कीखबर डटकम : कास्कीखबर डटकमलाई काउन्सिलले ब्लक गरेको छ । यसले चैत ८ गते ‘धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो, शेयर गरी नेपालीमाझ पुराइदिनुहोला’ शीर्षकको समाचार प्रकाशन/प्रसारण गरेको थियो ।

    २) नेपाली अनलाइनन्यूज डटकम : यो अनलाइनले चैत १० गते ‘वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस’ शीर्षकको समाचार प्रकाशित गरेको छ ।

    ३) भिजिटस्टार्ट डटकम : यो अनलाइनले चैत ८ गते ‘नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने, डब्लुएचओ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

    ४) न्युज ट्वेन्टीसेभेनमिडिया डटकम : यो अनलाइनले ‘दुःखद् खबर १ वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो, गाउँ नै आतंकित, सबैलाई घरबाहिर ननिस्कन आग्रह’ शीर्षकको समाचार प्रकाशन गरेको छ ।

    ५) मिडिया माइनेपाल डटकम : यो अनलाइनले चैत ९ गते ‘वीरगञ्जमा एकजना कोरोना संक्रमित फेला परे’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

    ६) निगरानीखबर डटकम : यो अनलाइनले मार्च ४ मा ‘दार्चुलामा भेटियो कोरोना भाइरस’ शीर्षकमा समाचार छापेको छ ।

    ७) हाम्रो अभियान डटकम : मिति नै उल्लेख नगरेर यो अनलाइनले ‘पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित, छोरीमा समेत पोजिटिभ’ शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

    ८) नेपालडीप डटकम : यो अनलाइनले चैत ९ र १० गते ‘कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि’, र ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित, भने, भारतले राजालाई बुई बोक्यो’, र ‘मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् : योगी आदित्यनाथ’, शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

    ९) बीबीसीई नेपाल डटकम : यो अनलाइनले चैत १३ गते समाचार सम्प्रेषणका क्रममा ‘न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि’, ‘प्रधानमन्त्री ओलीको नेपालमा चीनको प्रभाव रोक्न, यस्तो एक्सन, बेइजिङ आत्तियो !’, ‘खुशीको खबर जापानले कोरोना भाइरसको औषधि पत्ता लगायो, ३४० बिरामीमा प्रयोग गर्दा बिरामी निको भए, पढेर शेर गरौं !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

    १०) इन्यूज ट्वेन्टीफोर नेपाल डटकम : यो अनलाइनले १९ मार्चमा ‘खुशीको खबर : कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले !’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

    ११) ललितपुरखबर डटकम :  यो अनलाइनले चैत ११ गते ‘चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट’ शीर्षकमा समाचार छापेको छ ।

    १२) एचखबर डटकम : यो अनलाइनले मिति नै उल्लेख नगरेर ‘थपिने भयो लकडाउनको अवधि, १८ गते नखुल्ने, सरकारको यस्तो निर्देशन, अब कहिले खुल्छ’, ‘खुशीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’, ‘खुशीको खबर फ्रान्सबाट फर्केकी नेपाली युवती निको भएर डिस्चार्ज’ भन्ने समाचार प्रकाशित गरेको छ । यसमा शीर्षक एउटा, तस्बीर प्रधानमन्त्री केपी शर्मा ओलीको राखिएको छ । साथै यो अनलाइनले ‘विश्वकै सबैभन्दा सानो गौमाता, शेयर गरी पुण्य कमाउनुहोस्’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

    १३) पवित्र टिभी डटकम : यो अनलाइनले फेब्रुअरी १९, मार्च १७, २४ र २७ तारिखमा ‘पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु…! मा… चो…!! भनेपछि’, ‘सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए, गाउँलेहरु आतंकित’, ‘कोरोना भाइरसको संक्रमण भइरहेकोले नेपालले चीनको बदनाम गरयो’, ‘मलेसियामा लकडाउनको समयमा झन कोरोनाको डरलाग्दो रुप, १५१८ संक्रमितका साथै १४ जनाको मृत्यु’ शीर्षकमा समाचार छापेको छ ।

    १४)  सिआइएनेपाल डटकम : यो अनलाइनले चैत १३ गते ‘डब्लुएचओको चेतावनी : पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी’ शीर्षकको समाचार सामग्री प्रस्तुत गरेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.