×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कोरोना त्रास: गर्भवतीलाई चिकित्सकका १२ सुझाव

  •  
  • मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुखी परिवार क्लिनिककी चिकित्सक डा. तुमला शाहका अनुसार एक वर्षमा विश्वभरि १३ करोड शिशु जन्मन्छन् । गर्भावस्थामा इम्युन सिस्टम परिवर्तन हुन्छ । यतिबेला महिला संवेदनशील हुन्छन् । यसले गर्दा भाइरलको संक्रमण हुने संभावना पनि उत्तिकै रहन्छ । अहिले कोभिड १९ को संक्रमण पनि बढ्दो छ । यसले गर्भवतीमा संक्रमण गरेमा गर्भपतन हुने संभावना रहन्छ । यसैगरी गर्भमा रहेको शिशुमा समेत असर पर्न सक्छ । अहिलेको विषम परिस्थितिमा गर्भवतीलाई डा. तुमला शाहको सुझाव–

    १. अस्पतालमा संक्रमण हुने संभावना भएकाले इमरजेन्सी भएमात्र जानुपर्छ ।

    २. गर्भावस्थामा कतिपयलाई सुरुको तीन महिना चक्कर लाग्ने, बान्ता आउने गर्छ । यसलाई सामान्य मानिन्छ ।

    ३. नियमित परीक्षण, टिटानसको सुई, अल्ट्रासाउण्ड जस्ता सामान्य समस्याका लागि अस्पताल नजानु वेश हुन्छ । टिटानसको इन्जेक्सन लगाउनुपर्ने भएपनि अहिले त्रासमय वातावरण भएकाले केही समय ढिला भएपनि फरक पर्दैन ।

    ४. आपतकालीन अवस्था जस्तो रक्तचाप उच्च भए, पेट अधिक दुखे, योनिबाट रगत वा पानी बगेमा मात्र अस्पताल जानु पर्छ ।

    ५. आफ्नो गर्भमा रहेको शिशुको अवस्था शिशु चले नचलेको याद गर्नुपर्छ ।

    ६. चिकित्सकले दिएको अनुसार सुरुका तीन महिना फोलिक एसिड, त्यसपछि क्याल्सियम र आइरन सेवन गर्नुपर्छ ।

    ७. गर्भवतीले आफ्नो साथै गर्भमा रहेको शिशुको हितका लागि पोषिला खानेकुरा, तरकारी, फलफूल तथा झोल कुराहरु सेवन गर्नुपर्छ । रोगप्रतिरोधक क्षमता बढाउन केरा खानुपर्छ ।

    ८. सोडियम, पोटासियम तथा मिनरल सन्तुलन राख्नका लागि पुनर्जलीय झोल सेवन गर्न सकिन्छ ।

    ९. आफूले नियमित जाँच गराइरहेको चिकित्सकको नम्बर लिनुपर्छ र सम्पर्कमा रहनुपर्छ । यतिबेला फोन, इमेल तथा भाइबरबाट चिकित्सकको सम्पर्कमा रहन सकिन्छ ।

    १०. विदेशबाट आएकाको सम्पर्कमा बस्नुहुँदैन । १ सय ४ डिग्री फरेनहाइट ज्वरो आएमा चिकित्सकको सल्लाहमा सिटामोल सेवन गर्नुपर्छ । साबुन पानीले बारम्बार हात धोइरहनुपर्छ ।

    ११. परिवार नियोजन, बाझोपन, गर्भपतन जस्ता सामान्य परामर्शका लागि यतिबेला अस्पताल जानु हुँदैन ।

    १२. यतिबेला वातावरण नै त्रासमय भएकाले सकारात्मक सोच्नुपर्छ । चिकित्सकको सल्लाहमा हल्का व्यायाम तथा घरको छतमा केही समय हिँडडुल गर्नुपर्छ ।

    (डा. तुमला शाहसँग उपासना घिमिरेले गरेको कुराकानीमा आधारित )

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.