गोरखा समाचारदाता
काठमाण्डौं – विश्वमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ हजारको हाराहारीमा पुग्न लागेको छ । ८ लाखको हाराहारीमा संक्रमित पुग्न लागेका छन् । कोरोनाका कारण सबैभन्दा बढी इटलीमा ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठनले जनाए अनुसार इटालीमा ११ हजार ५९१ जनाले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या २ लाख १ हजार ७३९ पुगेको छ ।
उता, अमेरिकामा संक्रमितको संख्या १ लाख ६४ हजार २५३ जना पुगेको छ । त्यहाँ ३ हजार १६७ जनाले ज्यान गुमाइ सेकेको छ ।
स्पेनमा कोरोना संक्रमितको संख्या ८७ हजार ९५६ पुगेको छ भने ७ हजार ७१६ जनाले ज्यान गुमाई सकेको छ ।
फ्रान्समा कोरोनाका कारण ३ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने ४४ हजार ५ सयभन्दा बढी संक्रमित भएका छन् । जर्मनीमा करिव ६६ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् भने ६ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
इरानमा २ हजार ७ सय ५० भन्दा बढीको कोरोनाका कारण ज्यान गएको छ भने संक्रमितको संख्या ४१ हजार ५ सय नाघेको छ ।
कोरोनाका कारण बेलायतमा १ हजार ४ सय १५, नेदरल्याण्ड्समा ८ सय ६४ र बेल्जियममा ५ सय १३ जनाको ज्यान गएको छ । विश्वभर १ लाख ५७ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।


