गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस (कोभिड–१९) बाट सोमबार साँझ ७ बजे सम्ममा ३५ हजार मानिसले ज्यान गुमाएका छन । ३ महिनाअघि चीनको वुहानबाट सुरु भएको उक्त भाइरस २०१ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३५ हजार १३ जना पुगेको छ भने ७ लाख ३९ हजार १२ जना संक्रमित भएका छन् ।
सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण १० हजार ७७९ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६८९ पुगेको छ । त्यहाँ आइतवार मात्रै थप ७५६ जनाको ज्यान गएको थियो ।
उता, अमेरिकामा संक्रमितको संख्या १ लाख ४२ हजार ७९३ जना पुगेको छ । यो संख्या संक्रमण फैलिएका मुलुकहरु मध्येको सबैभन्दा बढी हो । त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार ४ सय ९० पुगेको छ । त्यहाँ आइतबार मात्रै १८ हजार २०० भन्दा बढी संक्रमित भेटिएका हुन् ।
उता, स्पेनमा ज्यान गुमाउने संख्या ७ हजार ३४० पुगेको छ । जर्मनीमा ५४५ जनाको ज्यान गएको । फ्रान्समा भने २ हजार ६०६ जनाको ज्यान गईसकेको छ ।




















