गोरखा समाचारदाता
पर्वत – गए राती मोदी खोलाले बगाउदा एक जना वेपत्ता भएको छ ।
जिल्लाको मोदी गाउँपालिका २ को सिमखेत स्थित मोदी खोलाले बगाउदा गिज्याङका दिपक खड्का वेपत्ता भएका हो ।
आईतबार राती माछामार्न गएका खड्कालाई राती १०ः३० बजे मोदी खोलाले बगाएको पर्वत प्रहरीले जनाएको छ ।
सोमबार खोजी गर्दा खड्काले लगाएको कपडा ५० मिटर तल खोला किनारामा फेला परे पनि मानिस अहिले सम्म पनि फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भई रहेको छ ।




















