लक डाउनको अवस्थामा गीत गाएर दिन कटाउने कलाकर्मीप्रति कलाकार दिपकराज गिरीले व्यांग्य हानेका छन् । किरण केसी, संचिता लुईंटेल र रेखा थापा लगायतले गीत गाएर फेसबुकमा पोस्ट गरेपछि दिपकले व्यांग्यात्मक रुपमा फेसबुकमै स्टाटस पोस्ट गरेका हुन् ।
‘हाम्रा गायकहरूको जागिर घरापमा छ । आजकल हाँस्य कलाकार, नायिका, नायक खलनायक, सबैजना गीतै गाउँदैछन्, कोहि त गीतारै समातेर झ्यागं झ्यागं पनि पार्दै छन् !! यस्तो गीत र गीतारको आवाजले गायक मात्रै होइन कोराना भाइरस पनि तर्सने पक्का छ…हेहेहे’, दिपकले लेखेका छन्, ‘I m jooooking .. just keep it up !!’
दिपकको यस प्रकारको व्यांग्यपछि के कलाकर्मीले गीत गाउन छोड्लान् त ?




















