गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेहरुको संख्या ३३ हजार ९७६ पुगेको छ । ३ महिनाअघि चीनको वुहानबाट सुरु भएको उक्त भाइरस अहिले २ सय १ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।
कोरोना भाइरसबाट ७ लाख २२ हजार १०६ जना संक्रमित भएका छन् । सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण १० हजार ७७९ जनाले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६८९ पुगेको छ । त्यहाँ आइतवार मात्रै थप ७५६ जनाले ज्यान गुमाएका थिए ।
उता, अमेरिकामा संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ । यो संख्या संक्रमण फैलिएका मुलुकहरु मध्येको सबैभन्दा बढी हो । त्यहाँ ज्यान गुमाउनेको संख्या २ हजार ४८४ पुगेको छ । त्यहाँ आइतबार मात्रै १८ हजार २०० भन्दा बढी संक्रमित भेटिएका हुन् ।
उता, स्पेनमा पनि संक्रमितको संख्या ८१ हजार १०० नाघेको छ । त्यहाँ शनिवार मात्रै ६ हजार ८०० संक्रमित थपिएका थिए । त्यहाँ ज्यान गुमाउनेको संख्या ६ हजार ८०३ पुगेको छ ।
फ्रान्समा पनि एकै दिन ३०० जनाले ज्यान गुमाएको छ । जर्मनीमा ६२ हजार ९५ जना संक्रमित भएका छन् भने ५४१ जनाले ज्यान गुमाई सेकेको छ । फ्रान्समा संक्रमितको संख्या ४० हजार १ सय ७४ पुगेको छ भने २ हजार ६०६ जनाको ज्यान गइसकेको छ ।
कोरोनाका कारण इरानमा २ हजार ६४०, बेलायतमा १ हजार २२८, नेदरल्याण्ड्समा ७७१ र बेल्जियममा ४३१ जनाको ज्यान गई सकेको छ ।
त्यसैगरी नेदरल्याण्डमा ७७१, स्विजरल्याण्डमा ३००, इण्डोनेशियामा ११४, टर्कीमा १३१, पोर्चुगलमा ११९ र दक्षिण कोरियामा १५२ जनाले ज्यान गुमाई सकेको छ ।
यता भारतमा भने कोरोना संक्रमितको संख्या १ हजार २४ पुगेको छ भने २७ जनाले ज्यान गुमाएको छ । पाकिस्तानमा १५ सय २६ संक्रमित हुँदा १४ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । श्रीलंकामा भने १ जनाको कोरोनाका कारण ज्यान गएको छ भने ११७ संक्रमित भेटिएका छन् ।
अर्को दक्षिण एशियाली मुलुक माल्दिभ्समा १ जनाको ज्यान जानुका साथै १७ जना संक्रमति भेटिएका छन् भने अफगानिस्तानमा १२० जना संक्रमित हुँदा ४ जनाको ज्यान गएको बताइएको छ । त्यस्तै, बंगलादेशमा ४८ जना संक्रमित छन् भने ५ जनाको ज्यान गइसकेको छ ।




















