गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा रहेको एक निजी स्कुलमा १२ वेडको आईसोलेसन वार्ड स्थापना गरिएको छ ।
गोरखा सदरमुकामको रानीबनमा रहेको द वल्ड क्यापिटल माविमा १२ बेड क्षमताको आइसोलेशन निर्माण गरिएएको हो ।
कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ गठित जिल्लास्तरीय कमाण्ड पोष्टको आइतबार सम्पन्न बैठकले निजी स्कुलमा आइसोलेसन वार्ड स्थापना गरेको हो ।
यसअघि जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले ठिगुरेश्वारामा रहेको नामजाली डाडाँको नेपाली सेनाको क्याम्प भित्र रहेको जलाधार कार्यालयमा आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उत्त स्थानको निर्णयलाई बदर गर्दै आज सदरमुकाममा रहेको निजी स्कुललमा आइसोलेसन वार्ड राख्ने निर्णय भएको हो ।
निजी बिद्यालयमा स्थापना गरीएको आइसोलेशन वार्डमा गोरखा अस्पताल र आमा–बा अस्पतालको स्रोतसाधन प्रयोग गरी सञ्चालन गर्ने निर्णय भएको कमाण्डपोष्टका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
निणर्य लगत्तै गोरखामा रहेको नेपाली सेना रणसिं दल गणका जवानहरुले ५ बेडको आइसोलेशन वार्ड तयार भइसकेको छ । बाँकी ७ वटा बेड भने सोमबार तयार गरिने कमाण्डपोष्टले जनाएको छ ।
यो बाहेक पनि जिल्लाको गोरखा अस्पतालमा ४ र आँपपिपल अस्पतालमा ४ बेडको आइसोलेशन तयार भइसकेको छ ।


