गोरखा समाचारदाता
लमजुङ – जिल्लाको टक्सार भन्ने स्थानमा माटोले पुरिदा १ जना पुरुषको ज्यान गएको छ ।
दोर्दी गाउँपालिका ९ टक्सारका १ पुरुषको माटोको ढिस्काले पुरिएर ज्यान गएको हो ।
आईतबार दिउसो २ बजे सोही गाउँपालिकाको स्थाम भन्ने स्थानमा ढुङ्गा निकाल्ने क्रममा गमबहादुर विकको माटोका ढिस्काले पुरिएर ज्यान गएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
ढिस्कोले पुरिएका विकलाई प्रहरीले तत्कालै उद्वार गरी सामुदाकिय अस्पताल लमजुङ उपचारको लागि लगिएको भएता नि चिकित्सकहरुले उनलाई मृक्त घोषित गरेका थिए ।
घटनाका बिषयमा थप अनुसन्धान भई रहेको प्रहरी जनाएको छ ।


