गोरखा समारचारदाता
लमजुङ – कुटपिटबाट लमजुङमा २ जना गंभिर घाईते भएका छन ।
जिल्लाको राईनास नगरपालिका ९ को शुक्रबास भन्ने स्थानमा कुटपिटबाट २ जना गंभिर घाईते भएका हुन ।
स्थानिय ब्यक्तिहरुको समूहले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा राईनास नगरपालिका ९ बस्ने ३० बर्षिय विरबल गुरुङ्ग, २२ बर्षका सुजन भुजेल र २२ बर्षकै विमान मगर घाईते भएको लमजुङ प्रहरीले जनाएको छ ।
घाईतेको लमजुङ कर्मदा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाईएको छ ।
घटनामा संलग्न भएको आरोपमा राईनास ९ बस्ने २२ बर्षिय सन्तोष थापा, २२ बर्षकै गौतम थापा र २४ बर्षका सरोज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका बिषयमा प्रहरी थप अनुसन्धान गरी रहेको जनाएको छ ।




















