गोरखा समाचारदाता
काठमाण्डौं – अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप गर्दै आगामी बैशाख ३ गते सम्म लम्ब्याएको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आज (आइतबार) बसेको बैठकले यो निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
यो संगै सरकारले लकडाउनको मिति समेत लम्बाउने भएको छ । जसका लागि मन्त्रि स्तरिय बैठकको तयारी भइरहेको छ ।
सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको भएता पनि नेपालबा यात्रु लिएर जान भने विमान आउन सक्छ।


