गोरखा समाचारदाता
बुटवल – बुटवलमा रहेको अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आज ज्यान गएको छ ।
सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
थापा चैत ६ गते दुबईबाट फर्किएका थिए । थापा उतैबाट आउँदैमा ज्वरो आएको थियो ।
घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए । थापालाई आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला ज्यान गएको हो ।
ज्यान जानुको कारण भने खुलेको छैन । उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको अस्पतालले जनाएको छ ।


